बालविवाह अन्त्यका लागि सुर्खेतका धर्मगुरुहरूको साझा प्रतिबद्धता

नवराज रोकाय
माघ २५, सुर्खेत । जस्ट राइट्स फर चिल्ड्रेनको आयोजनामा सञ्चालन भइरहेको १०० दिने बालविवाह मुक्त नेपाल अभियान–२०८२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा ब्राम्हण समाज नेपाल, नेपाल ज्योतिष परिषद् तथा धार्मिक र सामाजिक अगुवाहरूसँग अन्तक्र्रिया गरिएको छ ।

जेआरसी इन्टरनेश्नलको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय तथा जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल र बेस संस्थाको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।
कार्यक्रममार्फत धर्मगुरुहरूलाई बालविवाहका कारण बालबालिकाको जीवनमा पर्ने नकारात्मक प्रभाव, कानुनी अवस्था र सामाजिक असरका विषयमा जानकारी गराइएको थियो । साथै, आफ्ना धार्मिक तथा सामाजिक भूमिकामार्फत समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन आग्रह गरिएको थियो ।
अन्तक्र्रिया कार्यक्रममा करिब २० जना धर्मगुरुहरू विद्यालय स्तरका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बेससंस्था कर्णाली प्रदेशका कार्यक्रम अधिकृत जीवराज लम्सालले सामाजिक कुरीति तथा अपराधको रूपमा ठहरिएको बालविवाहका घटनालाई न्यूनीकरण गर्न यस्ता अभियानले केही हदसम्म सकारात्मक योगदान पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
कार्यक्रमका सहभागी धर्मगुरुहरूले बालविवाह अन्त्यका लागि धार्मिक शिक्षामार्फत समुदायमा सचेतना अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताएका छन ।