कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत, १५ मंसिर ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको मतको पक्षमा २२ मत परेको थियो भने विपक्षमा शुन्य मत प्राप्त भएको थियो ।
मुख्यमन्त्री शाहीलाई सत्तारुढ गठबन्धन (नेपाली काँग्रेस ६, माओवादी केन्द्र १२ र नेकपा एकीकृत समाजवादीका तीन) र प्रतिपक्ष दल राप्रपा नेपालका सांसदले विश्वासको मत दिए ।
संसदमा कायम रहेको ३५ जना सांसदमध्ये मुख्यमन्त्रीलाई २२ जनाले विश्वासको मत दिएका हुन् । बैठकमा २२ जना सांसद मात्रै उपस्थित थिए । प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको सभामुख राजबहादुर शाहीले घोषणा गरे ।
एमालेका १२ जना सांसद भने बैठकमा उपस्थित भएनन् ।