छोरीलाइ बलात्कार गर्न खोजेको आरोपमा दैलेखमा एक जना पक्राउ

दैलेख, २४ मंसिर (रेडियो धु्रवतारा) । छोरीलाई पटक–पटक बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले दैलेखमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आफ्नै १६ बर्षीया छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा ४८ बर्षीय बाबुलाई पक्राउ गरिएको हो ।
पीडित बालिकाकी आमाले दिएको जाहेरी अनुसार मंगलवार राती घरमा सबै जना खाना खाई सुतिसकेको र पीडित बालिकाको आमा समेत घरमा नभएको मौका छोपी ती पुरुषले छोरीमाथी बलात्कार गर्ने प्रयास गरेका थिए ।
आफ्नै नाबालिका छोरीमाथी बलात्कार गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेका ती पुरुषमाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतमार्फत जबरजस्ती करणी उद्योग मुद्धामा ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
यसअघि पनि पटकपटक छोरीलाई बलात्कार प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।