शिक्षकहरुले एक वर्षसम्म तलब पाउन सकेनन

सुर्खेत, १७ साउन (जागरण) । जाजरकोटको कुशे गाउँपालिकाका शिक्षकहरुले एक वर्षसम्म तलब पाउन नसकेको बताएका छन ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको देउती आधारभूत विद्यालयका शिक्षकहरुले तलव पाउन नसकेको बताएका हुन ।
कक्षा ५ सम्म पठाइ हुने उक्त विद्यालयमा ४ जना शिक्षक कार्यरत रहेका छन् । उनिहरु सबै संघिय सरकारको अनुदान कोटामा पढाइरहेका छन ।
लामो समयदेखि विद्यालयमा काम गर्दै आए पनि अहिले स्थानीय तहले तलब नपठाउँदा आफूहरू समस्यामा परेको शिक्षक धनसरा सिहंले कर्णाली रैबारसँग गुनासो गर्नुभयो । …आवाज…
यस्तै, विद्यालयका प्रध्यानाध्यापक विना चलाउनेले तलब निकासा गर्न पटकपटक गाउँपालिकालाई अनुरोध गर्दा पनि कुनै सुनवाई नभएको गुनासो गर्नुभयो ।
स्थानीय तहले नै आफ्नो क्षेत्रमा संचालनमा रहेको विद्यालयको शिक्षकलाई तलब खुवाउनु पर्ने व्यवस्था भएपनि यो विद्यालयका शिक्षकहरुले २०७७ साउन देखि ७८ असार मसान्त सम्मको तलब पाएका छैनन् । प्रध्यानाध्यापक विना चलाउने भन्नुहुन्छ । …आवाज…
विद्यालयमा ४ जना मात्रै शिक्षक छन । उनिहरु संघिय सरकारको अनुदान कोटामा पढाइरहेका छन । विद्यालयमा एक सय विद्यार्थीहरु रहेका छन ।
यता, गाउँपालिका अध्यक्ष हरीचन्द्र वस्नेतले भने नेपाल सरकारको अनूदानबाट सञ्चालित विद्यालय भएकाले एक वर्षको तलब माथिबाटै प्राप्त नभएको जनाएको छ । पालिकाबाट निरन्तर दिदै आएको रहक नियमित रुपमा गइरहेको उहाले बताउनुभयो । ..आवाज…

यता, मदिरा सेवन गरी विद्यालय गएका प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले मदिरा सेवन गरी विद्यालय गएका त्रिभुवन माध्यमिक विद्यालय जाजरकोटका प्राधानाध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरेको हो ।
उहा सोमबार बिहान मदिरा सेवन गरेर विद्यालय प्रवेश गर्नुभएको थियो । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई प्रक्राउ गरिएको हो ।
उहालाई पक्राउ गरेर जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो । अस्पतालको रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढाइने उहाले बताउनुभयो ।