मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरत, काम गर्ने व्यक्तीलाई भोट दिने योजनामा मतदाता

सुर्खेत । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रशारको समय आज मात्रै रहेको छ ।
निर्वाचनलाई आफ्नो पक्षमा पार्न उमेद्वारहरुले विभिन्न प्रतिवद्धताहरु गरेका छन । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आमसभा लगायतका निर्वाचन प्रचारप्रसारमा आफ्ना एजेण्डाहरु समेत प्रस्तुत गरेका छन । तर मतदाताहरुले भने राजतितिक दल र उम्मेदवारले नागरिकहरुसामु गरेको आफ्ना घोषणा र प्रतिबद्धता–पत्र प्रतिबद्धता मै सिमित हुने गरेको विगतको तितो अनुभव रहेको बताएका छन् ।
सुर्खेतको लेकवेसी नगरपालिका १० का गोबिन्द चपाइले जनताको मतबाट निर्वाचित भएका निर्वाचित नेताहरु आफ्नो घोषणा पत्र र प्रतिबद्धता भन्दा पनि कुर्चिका लागि लड्ने गरेको गुनासो गर्नुभयो । उहाले भन्नुभयो, “यो पटकको निर्वाचनमा जनताको पक्षमा काम गर्ने व्यक्तीलाई भोट दिने हामीले योजना बनाएका छौँ । जसले सडक बाह्रै महिना चल्ने बनाउछ, जसले जनताको पक्षमा नीति बनाउछ त्यही व्यक्ती हाम्रो रोजाइ हुन्छ ।”
उहाले जनताको अवश्यकता र विकास निर्माणको लागि गतिलो नीति बनाउने उमेद्वारलाई आफुले मतदान गर्ने योजना बनाएको बताउनुभयो ।
अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आमसभा लगायतका निर्वाचन प्रचारप्रसारमा विभिन्न एजेन्डाहरू लिएर मत मागिरहेका छन् । तर यस्ता धेरैजसो उम्मेदवारका प्रतिबद्धताहरू हेर्दा निर्वाचित नारामै सीमित हुने देखिएको नागरिक समाजका अगुवाहरु बताउछन ।
मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेशका संयोजक एवम नागरिक समाजका अगुवा पीताम्बर ढकाल भन्नुहुन्छ, “सासदका लागि बनेका उमेद्वारहरुले आफ्नो घोषणापत्रमा लेखेका कुराहरु त्यती व्यवाहारिक देखिएनन । सांसदले पुल बनाउने, बाटो बनाउने होइन, नीति निर्माण गर्ने हो ।”
यता, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले विभिन्न महत्वपूर्णा योजनाहरुलाई प्राथमिकता दिएर प्रतिबद्धता–पत्रमा समेटेका छन् । राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना घोषणा र प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार, रोजगारीलगायतका क्षेत्रको विकास, स्तरोन्नति, जनशक्ति व्यवस्थापन तथा उपकरणको प्रबन्ध मिलाइने बताएका छन ।
मतदाता रिझाउन धेरैजसो उम्मेदवारले भौतिक पूर्वाधारका एजेन्डालाई प्रथामिकता दिएका छन ।
कालिकोट प्रदेशसभा (ख) मा नेपालि कांग्रेसका प्रदेशसभातर्फ उम्मेदवार हिक्मतबहादुर विष्टले नागरिकसामु झुटा आश्वासन र मत बटुल्ले भन्दा पनि सम्भव हुने कुरालाई मात्रै आफ्नो एजेण्डा बनाएर निर्वाचनमा होमिएको बताउनुभयो ।
राजनीतिक दलका मात्र नभइ स्वतन्त्र उम्मेदवारी दिएकाहरुले पनि मतदातालाई आकर्षित गर्न विभिन्न क्षेत्रलाइ समेटेर प्रतिबद्धता सार्वजनिक गरेका छन् । जाजरकोटबाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार बन्नुभएका नरबहादुर कार्कीले आफ्ना एजेण्डाहरू कुनै पनि पाटिको अधिनमा नरहेको भन्दै उहाँले आफुले गरेका संकल्प निर्वाचित भइसकेपछि अक्षरंस पालना गर्ने प्रतिवद्धता जनाउनुभयो ।
निर्वाचनको बेला मात्रै मतदाता रिझाउन विभिन्न काम गर्छु भन्ने व्यक्तीहरु निर्वाचितपछि भने कुनै काम नगर्ने गरेको भन्दै नागरिकहरुले असन्तुष्टी व्यक्त गर्दै आएका छन ।