१५ दिन भित्र हतियार बुझाउन जिल्ला प्रशासन सुर्खेतकाे निर्देशन

जागरण संवाददाता
सुर्खेत,७ चैत ।
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत लिइ राखिएका हतियार बुझाउन निर्देशन दिएको छ ।
प्रशासनले सोमबार एक सूचना जारी गर्दै १५ दिन भित्रमा नजिकका प्रहरी एकाइ मार्फत जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले निर्वाचनलाई शान्तीपूर्ण एवं भयरहित बनाउनका लागि इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको बताउनुभयो । साथै निर्वाचन सकिएपछि हतियार फिर्ता दिइने रिजालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेका अनुसार सुर्खेतमा इजाजत प्रप्त १ सय ४९ हतियार (बन्दुक) छन् । जस मध्य ३१ वटा अन्य जिल्लामा दर्ता भई सुर्खेतमा नविकरण गरिएका हुन भने १ सय १८ वटा सुर्खेत जिल्लामा दर्ता भएका हुन् ।