मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२ सम्पन्न

फागुन १०,काठमाडौँ। नेपाल प्रज्ञा(प्रतिष्ठानको आयोजनामा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव २०८२’ सम्पन्न भएको छ।

शनिबार भएको कार्यक्रमको शुरुमा काठमाडौँको कमलादी,घण्टाघर ,रत्नपार्क र दरबारमार्ग लगायतका स्थानको परिक्रमा विभिन्न जनजाति र मातृभाषाका समूहका बाजागाजा र भेषभूषा तथा सांस्कृतिक विशेषता झल्किने झाकीसहित प्रभातफेरी गरिएको थियो।

महोत्सवको समुद्घाट्न नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले गरे। उनले मातृभाषाका कविताले आआफ्नो भाषालाई समृद्ध बनाउने र भाषा बचाउने बताए।

मातृभाषा राष्ट्रिय कविता महोत्सव(२०८२ मा ४२ वटा भाषाका प्रतिनिधिमूलक कविता वाचन गरिएको थियो। दिवस राई ९लोहोरुङ्ग०, प्रकाश याख्खा याक्खा,चम्मर राई९बाहिङ०, शान्ता नाछिरिङ( नाछिरिङ), अर्जुन राई (दुङ्माली), जिडी राई (वान्तवा),रविन खालिङ राई (खालिङ), सहस्रा राई (चाम्लिङ) र हिरामाया घिसिङ (तामाङ) ले आआफ्नो मातृभाषामा कवितावाचन गरे।

त्यस्तै विद्यानन्द यादव (मैथिली), नेपोलियन चेपाङ(चेपाङ), युवराज गुप्ता बैरागी (अबधी), उपेन्द्रदास उपबिण (मगही), प्रकाश कट्टारी (भोजपुरी, पवित्रा थापा मगर (मगर ढुट), दिलिप बुढा मगर (मगर खाम), सन्तोषी चौधरी (थारु), भीम कुरुम्बाङ खाम्बोङ्सा लिम्बू (लिम्बू), विवेक भ‌ट्टराई (संस्कृत), सविना महर्जन (नेपाल भाषा) र रेनुका कुमाल ९कुमाल० ले कविता वाचन गरे।

देवीराम घोडासैनी देवर्षि (अछामी),सन्जाकुमारी दनुवार(दनुवार), तारादेवी सुनुवार (सुनुवार),सुरेन्द्र शाही (बाजुरेली),डम्बर थामी(थामी) र कर्णदयाल सोडारी (बैतडेली)ले मातृभाषामा कविता वाचन गरे।

वर्षा धिमाल (धिमाल),बिपीन शेरचन (थकाली),मीना पन्त (डोटेली),सेर्कु शेर्पा (शेर्पा),ममता उराँव (उराँव), जयप्रकाश ताजपुरिया ( ताजपुरिया),दीपक घिमिरे (नेपाली),रञ्जितकुमार राजवंशी (राजवंशी), भोगेन्द्र विश्वकर्मा हरविश (अछामी) र तेजबहादुर च्हकाली तमु (गुरुङ)ले मातृभाषामा कविता वाचन गरे।