आज कर्णाली सहित देशका हिमाली भू–भागमा हिउपर्ने सम्भावना

फागुन ११,सुर्खेत । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली ,गण्डकी र कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा / हिउपर्ने सम्भावना रहेको छ ।
तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ। पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कर्णाली ,गण्डकी र कोशी प्रदेशको हिमाली हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिउपर्ने पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।