
२७ फागुन,सुर्खेत । आज कर्णाली, गण्डकी, बागमती प्रदेश लगायत बाँकी प्रदेका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा का अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा, मेघगर्जन÷चट्याङ्ग सहित हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । तराई क्षेत्रमा भने थोरै तुवाँलो पनि रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
