
फागुन २७,सुर्खेत। वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसीले अनावश्यक बाहिर ननिस्कन आग्रहगर्नु भएको छ ।
केही दिनयता सुर्खेत उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकेकाले यस्को प्रत्यक्ष असर मानिसहरूको स्वास्थ्यमा देखिन थालेको भन्दै डा. केसीले नावश्यक बाहिर ननिस्कन आग्रहगर्नु भएको छ ।
पछिल्लो समय सुर्खेतका अस्पतालहरूमा एलर्जी, दम, छाती दुख्ने र आँखा पोल्ने समस्या भएका बिरामीहरूको संख्यामा वृद्धि भएको बताउनु भएको छ ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. नवराज केसीले फेसवुक मार्फत अहिलेको मौसमी अवस्था र चरम वायु प्रदूषणको मिश्रण स्वास्थ्यका लागि निकै घातक रहेको बताउनुभएको छ।
उहाँले नागरिकहरूलाई विशेष सावधानी अपनाउन अपिल गर्नुभएको छ।
डा. केसीले बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, प्रशस्त पानी पिउन, सुख्खापन र प्रदूषणबाट छालालाई जोगाउन मोइस्चराइज क्रिम वा लोसनको प्रयोग गर्न र अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा स्वास्थ्यमा समस्या देखिए तुरुन्त चिकित्सकको परामर्श लिन सुझाव दिनु भएको छ ।
डा. केसीले आगामी दिनमा यस्ता वातावरणीय संकट दोहोरिन नदिन ठोस सावधानी र कडा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिनु भएको छ।
