
फागुन २८,सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा का अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको केहि प्रभावले बादल र पानी परेको हो ।काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम पानी परेको हो ।
आज पनि लुम्बिनी प्रदेशलगायत गण्डकी बागमती, र कोशी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी र हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
।
