सुर्खेत, २१ वैशाख (जागरण) । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आज शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिए पनि सुर्खेतका बिभिन्न कम्पनीका गाडी भने निर्धक्कका साथ चलेका छन् ।
सरकारको पछिल्लो नियम अनुसार समितिको सट्टा कम्पनीमा दर्ता भएर चलाएका व्यवसायीहरुले सिन्डिकेटधारीहरुको आग्रह विपरित गाडी चलाउने निर्णय गरेका हुन् । सुर्खेतमा कम्पनीमा दर्ता भई संचालन भईरहेका देउती यातायात प्रालि र सुर्खेत बुलबुले यातायात प्रालिले गाडी संचालन गरेका छन् ।
सिन्डिकेट तोड्ने सरकारको निर्णय र व्यवसायीको अडान यातायात क्षेत्रमा झण्डै २५ वर्षदेखि चल्दै आएको सिन्डिकेट तोड्न सरकार जोडतोडका साथ लागिपरेको छ । यसकै कार्यान्वयनका लागि गएको चैत महिनामा यातायात व्यवस्था विभागले नीतिगत रुपमै यातायात व्यवस्थापन कार्य्विधि निर्दे्शिका जारी गरेको थियो ।
निर्देशिकामा रहेका विभिन्न बुँदाहरु सामान्य भए पनि दुईवटा बुँदामा भने यातायात व्यवसायीहरुको आपत्ति रहँदै आएको छ । ती दुई बुँदाहरुमा पहिलो अनिवार्य पञ्जिकरणको प्रावधान र दोस्रोमा यातायातका साधनहरु समितिहरुको अन्तर्गत नभई अनिवार्य कम्पनीमा दर्ता गरेर चलाउनुपर्ने प्रावधान हुन् ।
यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात संघ तथा समितिहरु नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरिसकेको छ । दशकौंदेखि विभिन्न यातायात समितिहरु दर्ता गरेर त्यो रुटमा तिनै समितिहरुको इजाजत लिएर मात्र यातायातका साधन गुडाउनुपर्ने व्यवस्था थियो ।.
हेर्नुहोस् भिडियोः