नन्द कठायत
सुर्खेत, १३ असोज (जागरण) । कर्णाली प्रदेश सरकारले यो बर्षबाट महिला तथा बालबालिका क्षेत्रमा नयाँ कार्यक्रमहरु संचालन गरिने जनाएको छ ।
बालबालिका सम्बन्धी प्रदेश सरकाले सडक बालबालिका, हिंसा र विपतमा परेका बालबालिहरुको संरक्षण र सम्वद्र्धननका लागि विभिन्न कार्यक्रमहरु ल्याइएको जनाएको हो ।
सामजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाकी प्रमुख विश्वमणी जोसीले महिला बालबालिको क्षेत्रमा उल्लेख्य काम हुनेगरी कार्यक्रम ल्याइएको बताउनुभयो ।
उहाँले कर्णालमिा अत्यधिक बालविबाह हुने गरेको भन्दै यसको अन्त्य गर्न प्रदेश स्तरीय सचेतनामुलक कार्यक्रम संचालन गरिने त्यसको लागि वजेट कार्यान्वयन सहि ढङ्गले गरिने बताउनुभयो ।
महिलाहरुका लागि आयाआर्जनमुलक कार्यक्रमहरु संचालन गर्नेगरी मन्त्रालय लागेको भन्दै उहाले महिलाहरुलाई स्वरोजगार बनाइने बताउनुभयो ।
उहाँका अनुसार महिला तथा बालबालिका सम्बन्धि हुने कामको सहजताका लागि अबको केहि दिनमा नै प्रदेशका दशवटै जिल्लामा साजिक सेवा कार्यालय खोल्ने जानकारी दिनुभयो ।
प्रत्यक जिल्लाका सेवाकेन्द्रहरुले स्थानीय सकारहरुसँग समन्वय गरेर अध्यन, अनुगमन गर्न सहज हुने उहाको भनाई छ ।
यो बर्ष महिला तथा बालबालिकाको क्षेत्रमा दश करोड ६६ लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ ।