दुर्घटना हुन नदिन चालकहरुलाई सम्मान

खड्क सुनार
मुगु, १३ असोज (रेडियो सौर्यदय) । मदिरा सेवन नगरेर सवारी चलाउन मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले चालकहरुलाई आग्रह गर्नुभएको छ ।
आज शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सुरक्षा यात्रा र दशैँ शुभकामना कार्यक्रममा बोल्दै कर्णाली राजर्मामा सवारी चलाउने चालकलाई मदिरा सेवन नगरी सवारी चलाउन आग्रह गर्नुभएको हो ।
उहाले कर्णाली राजमार्ग विशेष गरेर दुर्घटनाको दृष्टिले संवेदनशिल रहेको भन्दै चालकहरु सचेत भएर सवारी चलाउन आग्रह गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले सवारी चलाउदा क्षमताभन्दा धेरै यात्रु्हरु नराख्न अनुरोध समेत गर्नुभएको छ ।
घिमिरेले जिल्ला भित्र र जिल्ला बाहिर गाडी चालकहरुलाई खादा र अबीर लगाएर बिजया दशमीको शुभकामना दिदै मदिरा सेवन नगरी सवारी चलाउन अनुरोध गर्नुभएको हो ।
जिल्लामा रहेका २ दर्जन भन्दा बढी सवारी चालकलाई प्रमुखले खादा ओढाउनुभएको छ ।