महिलाहरुको होजियारीबाटै मनग्य आम्दानी

खड्क सुनार
मुगु, १२ असोज (रेडियो सौर्यदय) । चुलोचौको र मेलापातमा सिमित हुने महिलाहरु पछिल्लो समय स्वरोजगारमुलक काम गरि मनग्य आम्दानी गर्न थालेका छन्् ।
मुगुका महिलाहरुले बिभिन्न सिप सिकेर स्वरोजगारमुलक काम गरी मनग्य आम्दानी लिन थालेका हुन् ।
शिक्षा हासिल गरेका महिलाहरु स्वरोजगार बन्दै गएपपछि आम्दानीको श्रोत वृद्धि हुदै गएको हो ।
मुगुमा सरकारी तथा गैर सरकारी नीकायहरुले बिभिन्न आयआर्जन सम्बन्धी तालिमहरु दिने गरेका छन् । ति सिपमुलक कार्यक्रमहरुमा महिलाहरुको सहभागिता बढ्दै गएको छ ।
महिला तथा किशोरीहरु व्यवसायिक तरकारी खेती, सीलाई बुनाई, होजियारी उद्योग जस्ता व्यवसायमा आकर्षित बन्न थालेका छन । अहिले महिलाहरुले सिकेका सिपहरु अन्य महिलाहरुलाई पनि सिकाउने गरेका छन् ।
घरेलु तथा साना उद्योग विकास समिति मुगुबाट तालिम पाएकी छायाँनाथ रारा नगरपालिकाकी धनमायाँ सिंह बुढा अहिले गाउघरका महिलाहरुलाई बुनाइको तालिम संचालन गर्दै आएको बताउनुभयो ।