घरेलु मदिरा नष्ट

सुर्खेत, २३ वैशाख (जागरण) । ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले करिब २ सय ९० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले नै केही महिना अघिदेखि जिल्लाभर नै घरेलु मदिरा रोक्न थालेको क्लिीन अप्रेशन अन्तरगत ईलाका प्रहरीले पनि मदिरा नष्ट गरेको प्रहरी नायब निरिक्षक हस्त बहादुर थापाले जानकारी दिनुभयो ।
छिन्चु बजारका सम्पुर्ण क्षेत्र, तालबारी, कालिदमार, राजीगाउँमा करिब चार दिनको अवधिमा यो परिणामको मदिरा नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी ५० लिटर कच्चा पदार्थ राखिएको ६ वटा घ्याम्पो र मदिरा बनाउन प्रयोग गरिने एउटा भाँडा पनि नियन्त्रणमा लिईएको प्रहरी नायब निरिक्षक थापाले बताउनुभयो ।