कालिकोट पचालझरना गाँउपालिकाः प्रथम अध्यक्ष कप २०७६ सुरु

कालिकोट, ७ कात्तिक (जागरण) । कालिकोटको पचालझरना गाँउपालिकाको प्रथम अध्यक्ष कप २०७६ आज देखि सुरु भएको छ । पचाल झरना गाउँपालिकाको जारकोटमा प्रथमपटक हुन लागेको अध्यक्ष कप ९ गतेसम्म संचालन हुने छ ।
पचालझरना अध्यक्ष कपमा खुला पुरुष भलिबल, महिला भलिबल लगायतका खेलकुद हुने आयोजकले जनाएको छ ।
गाउपालिको इतिहासमा सर्बाधिक धन राशीको पचालझरना अध्यक्ष कप २०७६ मा खुला भलिबल तर्फका विजेताले १ लाख ८१ हजार ८ सय ८१ रुपैया प्राप्त गर्ने छन ।
त्यस्तै उपबिजेताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरुस्कार पाउनेछ छन् । भने तृतिया हुनेले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने जनाइएको छ ।
त्यस्तै गाउपालिका स्तरीय महिला भलिबलतर्फ प्रथम पुरुस्कार १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ भने उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैया रहेको छ । त्यस्तै तृतियालाई २५ हजार २ सय ५२ रुपैया रहेको आयोजक संस्थाले जनाएको छ ।