कमला धामीको ‘आइजा मैना मेरा हुम्ला’ (भिडियो सहित)

काठमाडौं, ७ कात्तिक (जागरण) । कर्णालीको पहिचान देउडा भिडियो ‘आइजा मैना मेरा हुम्ला’ सार्वजनिक भएको छ । कर्णाली कला संस्कृतिक तथा साहित्य प्रतिष्ठानको आयोजना र सर्वसम्मान म्युजिक प्रा.लि.कोे सहकार्यमा भिडियो सार्वजनिक गरिएको हो ।
कलाकार रङ्गमल रोकाया र कमला धामीको नृत्य रहेको देउडा गित सर्वसम्मान म्यूजिक प्रालिका संचालक प्रकाश क्षेत्रीको निर्देशनमा तयार परिएको छ । नवराज घिमिरेको छायाकंन तथा अनिल रानाको सम्पादनमा रहेको छ ।

सार्वजनिक कार्यक्रममा चर्चित देउडा गायक नन्द कृष्ण जोशीले यो देउडा भिडियो प्रधानमन्त्री केपी ओली र पर्यटन मन्त्री योगश भट्टराई दुबैले हेर्नु पर्ने बताउनुभएको छ । उहाँले भिजिट नेपाल २०२० को सन्दर्भमा पश्चिमको उत्कृष्ट देउडा हुने ठोकुवासमेत गर्नुभयो ।
उहाँले भन्नुभयो–‘कमला कर्णालीकी पुतली हुन् जस्ले सजिलै महुरीको काम गर्न सक्छिन्’ उहाँमा देखेको खुबीको प्रशंसा गरी उहाँ थाक्नुभयो–‘देउडा सुदुर र मध्य–पश्चिमको संस्कृति, चिनारी हो र यसलाई कसैले विगारेर गाउँछ भने हामीलाई दुःख लाग्ने गर्छ तर कमलाको कलामा त्यो खुवि र नवरस पाएकोमा म गौरावान्भित छु’ ।
यस्तै प्रतिनिधी सभाका सदस्य छक्कबहादुर लामाले विशेष गरी खासहरुको बस्ती रहेको कर्णालीमा पुरानो जिवनशैली भाषा संस्कृति रहेकाले त्यसलाई जार्गेना गर्न यो भिडियोले महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गर्नुभयो । सांसद लामाले पर्यटन वर्ष २०२० लाई सघाउन त्यहाँको वस्तुस्थिती बुझेकाले सरकारको ध्यानकर्षण गर्न आफू लागी पर्ने प्रतिबद्धता जनाउनुभयो ।
सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकाया ‘करुण’ ले आफूहरुले गर्न नसकेको कार्यलाई उत्कृष्ठता देखाएकोमा धन्यवाद दिनुभयो ।
आयोजक तथा देउडा भिडियो निर्माता कलाकार कमला धामीले कर्णाली प्रदेश विकट र गरिव भनी बदनाम भएको तर त्यस्तो नभई आफैमा कुनै कुराको कमी नहेको बताउनुभयो । आफू कालिकोट जिल्लाकी भए पनि हुम्लाको सर्केगाड गाउँपालिका कला, सांस्कृतिसँगै पुस्तैनी इतिहास जिवित रहेको र प्रदेशको चिनारी भिडियो बन्नसक्ने सम्भावना देखेकोले त्यहाँकोबारे भिडियो उतार्न लालाहित भएको बताउनुभयो ।

हेर्नुहोस् यो भिडियोः