सुर्खेत, ८ कात्तिक (जागरण) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले चिनसँग जोडिएका नाकाहरु खोल्न पहल गरिने बताउनुभएको छ ।
चिनसँग सिमाना जोडिएका कर्णाली सिमाना जोड्नको लागि चिनिया प्रतिनिधिहरुसँग यस विषयमा छलफल भएको बताउनुभयो ।
१० दिने चिन भ्रमण सकेर फर्किनुभएका मन्त्री शाहीले आज पत्रकार सम्मेलन मार्फत कर्णालीको एक मात्र तीब्वत नाका १२ महिना चल्नेगरी छलफल भएको जानकारी दिनुभएको हो ।
उहाँले तीब्वतमा भएको पछिल्लो विकास र परिर्वतनका बारेमा समेत अवलोकन गरिएको भन्दै त्यस्तै विकासको अभ्यास कर्णालीमा गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाले कर्णालीमा एकिकृत वस्तीको अवधाराणालाई अगाडी बढाउन सकिनेगरी छलफल भएको समेत बताउनुभएको छ ।
मुख्यमन्त्री शाहीले चीनको तिब्बतमा कृषि, पशुपालन र पर्यटन क्षेत्रबाट निकै फड्को मारेको भन्दै कर्णालीमा पनि यस्तै विकासका लागि योजना बनाउनुपर्ने बताउनुभयो ।
तीब्बतका अरु कुनै पनि देशको कुटनीतिक नियोगहरु नभएको भन्दै उहाले नेपालको मात्र पुरानो नियोग कार्यालय रहेकाले सम्बन्ध प्रगाढ हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
मन्त्री शाहीले तिब्बतको कुन्निङ् शहर र सुर्खेतबीचको मित्रताका बारेमा छलफल भएको बताउदै विकासको मोडेल परिवर्त गरि अगाडी बढ्ने सहमती भएको बताउनुभयो ।
उहाँले कर्णालीको विकास प्रक्रिया अघि बढाइएको भन्दै अब लगानीकर्ताहरु बढ्ने दाबी गनुृभयो ।