जागरण समाचारको प्रभावः सुर्खेत काँक्रेबिहारमा अत्याधुनिक शौचालय निर्माण हुने

सुर्खेत, ४ मंसिर (जागरण) । कर्णाली प्रदेशमा अझैपनि नागरिक शौचालय बिहिन रहेको तथा राजधानी सुर्खेतका अधिकांस ठाउँमा सार्बजनिक शौचालय नभएको समाचार कर्णाली रैबारमा प्रशारण भएपछि प्रदेशको ऐतिहासिक पर्यटकिय स्थल काँक्रेविहारमा अत्याधुनिक शौचालय निर्माणको थालनी गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्र संघ (युएनडिपी) र अन्तरनिर्भर समाज, सुर्खेतको साझेदारी एवमं वडा नं ९ कार्यालयको समन्वयमा शौचालय निर्माण गरिन लागेको बताइएको छ ।
शौचालयको शिलान्यास गर्दै ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकको लागि शौच गर्न अब सजिलो हुने भएकोले अब अझै बढी पर्यटकको आगमन हुने विश्वाव व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा लाटीकोइलीका स्थानीय तारा राष्कोटीले काँक्रेविहारमा शौचालय निर्माण हुनु स्थानीयबासीको धेरै अगाडीको एउटा सपना पुरा भएको बताउनुभयो ।
सामुदायिक संरचना बिकास अन्तरगत २८ लाखको लागतमा शौचालय निर्माण हुन लागेको शौचालय वातावरणमैत्री, बाल मैत्री, लैङ्गिक मैत्री हुने अन्तरनिर्भर समाजका कार्यकारी व्यवस्थापक विवेक शाहीले बताउनुभयो ।

यसअघि कर्णाली रैबारसँग कुरा गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुखले शौचालयको विषयमा यस्तो बताउनुभएको थियो । सुन्नुहोस् अडियो…..