कर्णाली प्रदेशः चालु आर्थिक बर्षको चौमासिक बजेट खर्च एक प्रतिशत (अडियोसहित)

पंखबहादुर शाही
सुर्खेत, ९ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको चौमासिक बजेट खर्च न्युन देखिएको छ । चौमासिक साउनदेखि कार्तीकसम्मको बजेट खर्च अपेक्षाअनुरुप हुन नसकेको हो ।
प्रदेश सरकारले कार्तिक मसान्त सम्म ५५ करोड ४१ लाख ३१ हजार २ सय १ रुपैँयाँ मात्र खर्च गरेको छ । यो कुल बजेटको १ दशमलव ६१ प्रतिशत मात्रै हो । गत आर्थिक बर्षको यो अवधीमा बजेट खर्च ३ दशमल ५ प्रतिशत थियो ।
प्रदेश सरकारका १० ओटा कार्यालयमा विनियोजित चालु तर्फको १३ अर्ब ४१ करोड ४ लाख ९ हजार बजेट मध्ये ४७ करोड ९७ लाख १६ हजार ७ सय खर्च भएको छ भने पुँजीगततर्फको बजेट खर्च निराशाजनक रहेको छ ।
पुजिगत तर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार मध्य ७ करोड ४४ लाख १४ हजार ४ सय ६८ (० दशमलव ३५ प्रतिशत) मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका अधिकृत यमुना श्रेष्ठले जानकरी दिनुभयो ।

विकासे खर्च भन्दा पनि धेरै बजेट तलव, भत्तामा मात्रै खर्च भएको उहाँले बताउनुभयो । कर्मचारी समायोजन लगायतका कारणले बजेट खर्च गर्न नसकिएको हुन सक्ने उहाले जानकारी दिनुभयो ।

प्रदेश सरकारका १० ओेटा कार्यालय मध्ये प्रदेश योजना आयोगको सबै भन्दा कम खर्च भएको छ । योजना आयोगको चालु तर्फ ३० लाख ९० हजार ७ सय ३९ र पुजिगत तर्फ १ लाख ९९ हजार ५५ गरि जम्मा ३२ लाख ८९ हजार ७ सय ९४ रुपैया मात्र खर्च भएको छ ।