पञ्पुरीमा पर्यटक बढे

अमर कार्की
सुर्खेत, ९ मंसिर (रेडियो डाँडादरा) । कुनैबेला बाढीले बगाएको उजाड बस्तिका रुपमा लिइने सुर्खेत पञ्चपुरी १० को नार्सी र वडा नं ५ को तिखाकुनामा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् ।
अहिले दैनिक रुपमा बस सेवा समेत संचालनमा आएपछि भेरी नदीको दृश्यमा रमाउन आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।
यातायात सेवा संचालन भए संगै स्थानीय ब्यापारीको दैनिकी र आम्दानीको श्रोत समेत बढेको छ ।
पश्चिम सुर्खेत मा निर्माण भएको यो एक मात्रै पुल हो । दैनिक १ सय भन्दा बढि आन्तरिक पर्यटक पुल र भेरी नदीमा रमाउन आउने गरेका छन् ।
पहिले कसैको रोजाइमा नहुने भेरी नदिको किनार अहिले पिक्निक स्पोर्टको रुपमा बिकास हुँदै गएको छ ।
बाबियाचौर बजार देखि करिब ५ किलोमिटर दक्षिणमा पर्ने यो पुलमा बाबियाचौरमा पुगेका जो कोहि पनि नागरिक एकपटक पुल हेर्न पुग्ने गरेको स्थानीय नागरिक बताउछन् ।