कम्प्युटर शिक्षक नहुँदा कम्युटर कक्षा संचानलन हुन सकेन

कालीबहादुर नेपाली
जाजरकोट, २६ मंसिर (रेडियो खलङ्गा) । पाँँच वर्ष अघि जिल्ला शिक्षा कार्यालय जाजरकोटले वितरण गरेका कम्प्युटर काम विहीन भएका छन् ।
विषयगत शिक्षकको अभाव र प्रर्याप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुन नसकेको हो ।
कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन् । कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्ने बाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन् ।
जाजरकोटमा सबै माविमा दुई थान कम्प्युटर उपलब्ध गराएर विद्यार्थीलाई अभ्यास गराउने उद्देश्य राखे पनि दक्ष शिक्षक नहुँदा ढाटैबाट कम्प्युटर हेर्नुबाहेक अन्य काम नभएको जानकी मावि मैदेका अविभावकहरुले बताएका छन् ।
शिक्षक विनाका कम्प्युटर बन्द कोठाका साथी भएको शिक्षकको भनाइ छ । विद्यालयमा आम्दानीको स्रोत नहुँदा निजी स्रोतबाट कम्प्युटर शिक्षक राखेर पढाउन नसकिएको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभएको छ ।