विपत कोषमा सहयोग गर्न गुराँस गाउँपालिकाको अनुरोध

टेकराज केसी
दैलेख, २७ चैत (जागरण) । दैलेख गुराँस गाउँपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमा सहयोगका लागि इच्छुक सबैसँग आग्रह गरेको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सबैसँग आग्रह गरेको हो ।
प्रभु बैंक दैलेख घोडाबास शाखामा रहेको कोषको खाता नम्बर १८१००२०१०९२९९१०००००४ मा रकम सहयोगका लागि आग्रह गरिएको छ ।
सहयोगका लागि इच्छुक राष्ट्रिय, अन्तराष्ट्रिय गैर सरकारी संघ संस्था, गैर आवसिय नेपाली, उद्योगी व्यापारी, पेशाकर्मी, राजनितिक दल, संचारकर्मी लगायतलाई सहयोगको लागि अनुरोध गरिएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।
गत चैत ११ गतेदेखि कोरोना रोकथामका लागि देश लकडाउनमा छ । जसका कारण गरिबीको रेखामुनी रहेका र दिनभर मजदुरी गरेर खानाको जोहो गर्ने व्यक्तीहरुलाई समस्या परेको भन्दै कोषमा रकम जम्मा आग्रह गरिएको उहाले बताउनुभयो ।
रकमसहित खाद्य सामग्री एकद्वार प्रणालीबाट वितरण गर्नुपर्ने भन्दै यस्ता सामग्री सहयोग गर्ने दाताहरुलाई पनि सहयोग गर्न भनिएको छ ।