दैलेख, २९ वैशाख (जागरण) । दैलेखको नौमुले गाउँपालिकामा रहेको मालिका अल्लो प्रशोधन उद्योग लकडाउनका कारण प्रभावित बनेको छ । उद्योगले उत्पादन गरेको कपडा बजारीकरण गर्न समस्या भएकाले लाखौँको घाटा बेहोर्नु परेको हो ।
एक मात्र अल्लो उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ (कटनको धागो) काठमाडौंबाट ल्याउन नसक्दा समस्या भएको छ, भने अर्को तर्फ उत्पादन गरिएको सामान ‘स्टक’ रहेकाले उद्योगमा थप समस्या थपिएको उद्योगका सञ्चालक पदम खड्काले जागरणलाई जानकारी दिनुभयो ।
खड्काकाअनुसार अहिले त्यो सम्पूर्ण काम रोकिएको छ । डेढ महिनादेखि ३ जना कामदार उद्योगमा नआएको र आएकाहरु पनि कोरोनाको त्रासले डराई–डराई काम गरिरहेको उहाँको भनाई छ ।
लकडाउनको हालसम्मको अवधिसम्म करीब ५ लाख बराबरको घाटा बेहोर्नु परेको सञ्चालक खड्काले बताउनुभएको छ ।