संघीय सरकारको नीति तथा कार्यक्रमः के छ कर्णालीका लागि ? (पूर्णपाठ)

सुर्खेत, २ जेठ (जागरण) । संघीय सरकारले कर्णाली प्रदेशका लागि ऊर्जा र स्वास्थ्य सेवातर्फ प्राथमिकताका साथ योजना बनाउने नीति लिएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ऊर्जा र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको हो ।

नीति तथा कार्यक्रममा दैलेखमा प्रारम्भ भएको पेट्रोलियम पदार्थ अन्वेशनको काम सम्पन्न गरिने उल्लेख गरिएको छ । यसैगरी भारतको आन्तरिक जलमार्गसँग जोडिनेगरी कर्णाली जलमार्ग विकास गरिने राष्ट्रपति भण्डारीले प्रस्तुत गर्नुभयो ।

कर्णालीलाई दुई वर्षभित्र विद्युतिकरण गरिने तथा नेपालको पानी, जनताको लगानी कार्यक्रम अन्तर्गत फुकोट कर्णाली र जगदुल्ला जलविद्युत आयोजनाको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने भएको छ ।

यस्तै नीति तथा कार्यक्रमअनुसार हाल विशिष्ठिकृत सेवा दिइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्याको अस्पतालको रुपमा विकास गरिने भएको छ ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेश तथा प्रदेशभिका विभिन्न स्थानिय तहलाई समेट्नेगरी देशव्यापी अन्य योजनाहरु पनि अघि सारिएको छ ।

पुरा पढ्नुहोस्ः 

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल