सुर्खेत, ९ जेठ (जागरण) । स्थानीय सरकार अन्तर्गत जागरण एफ. एम. र www.jagaran.com.np ले कर्णाली प्रदेशका स्थानीय सरकारले गरिरेहका काम, आगामी योजना, खेप्नुपरेका चुनौतिलाई समेटेर विभिन्न सामग्री प्रसारण र प्रकाशन गर्दै आएका छौँ । यसैक्रममा जागरणकर्मी प्रभा रावतले दैलेखकाे दुल्लु नगरपालिका दैलेका घनश्याम भण्डारी कुराकानी गर्नुभएकाे छ ।
प्रस्तोताः तपाइको यो एकवर्ष कत्तिको उपलब्धिपुर्ण रहयो ?
पाहुँनाः यो एकबर्ष चुनाब, तालिम गोष्ठि, सिकाइ गर्दौ मा बित्यो । केही उपलब्धि भने भएको छ । हामीले यो नगरपालिकामा वडा कार्यलय स्थापना सगै सानातिना केहीकाम भए ।
प्रस्तोताः आगामी चारबर्षका लागी योजना के छन् ?
पाहुँनाः नगरपालिकालाई समृद्धी बनाउको लागी आफ्नै बजेटले कसरी चल्न सकिन्छ भनेर आर्थिक उन्नतकिा गनिविधी अगाडी बढाउने योजना बनाएका छौँ । र दुल्लु नगरपालिकाका वडालाईव्यबस्थित बनाउने योजना छ । स्वस्थ्यको क्षेत्र,शिक्षा,स्वास्थ्य, तथा सडक र खानेपानीका कामलाई प्राथमिकतामा राखेर काम गर्ने योजना छौँ । दुल्लु नगरपालिकामा कृर्षि क्याम्पसकोस्थापना गर्ने योजना पनि छ । दुल्लु नगरपालिकालाई पर्यटकिय हब बनाउने योजनमा छौँ ।
प्रस्तोताः तपाइको कार्यकालमा दुल्लु नगरपालिकालाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ?
पाहुँनाः नगरपालिकालाई हरित नगरपालिका बनाउने सोचमा छौँ । नगरको विकासको लागी स्वच्छ, सफा हराभरा र पर्यटकिय र रमणीय स्थाल बनाउने सोचमा छौँ ।