सुर्खेत, १० जेठ (जागरण) । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त नविन कुमार घिमिरेले स्थानीय तहरुले आफ्नो काम कर्तव्यको दायरामा रहेर काम गर्नुपर्ने बताउनु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आज वीरेन्द्रनगरमा आयोजनामा गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा स्थानीय तहको भुमिका विषयक कार्यक्रममा आयुक्त घिमिरेले स्थानीय तहहरुले आफ्नो सिमामा रहेका काम गर्नुपर्ने बताउनु भएको हो ।
उहाँले केही स्थानीय तहमा दूरुप्रयोग भएको भन्दै स्थानीय तहले सिमा रहेर पादर्शीता अपनाएर कार्यक्रमहरु गर्नूपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा भ्रष्टाचार हुन नदिनमका लागि सजक हुनुपर्ने बताउनु भयो । उहाँले केही स्थानीय तहहरुमा समाजिक सुरक्षा भत्ता दुरुपयोग भएको भन्दै कर्णाली प्रदेशका स्थानीय तहरु यस तर्फ सजक हुनुपर्नेमा जोड दिनुभयो । स्थानीय तह लोकतन्त्रको आधारशिला भएकाले जनताको पक्षमा सम्बोधन गरी लोकतन्त्रको जग बसाउनुपर्ने उहाँले बताउनु भयो । उहाँले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले यसलाई रोक्नुपर्ने पनि बताउनु भयो । यस्तै कार्यक्रममा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सहसचिव नरेश अधिकारीले स्थानीय तहमा भएको कर्मचारी अभाव धेरै व्यवस्थापन हुने बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यसचिव रामप्रसाद थपलियाले कर्णाली प्रदेशले गरेका कार्यक्रमहरुलाई प्रधावकारी गराउन स्थानीय तहहरुले महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले अब प्रदेश सरकार र जनताकोबिच दुरीलाई नजिक गर्न जनतासंग मुख्यमन्त्री कार्यक्रम पनि ल्याउने बताउनु भयो ।
कार्यक्रममा कर्णाली प्रदेशका स्थानीय तहका प्रमुख, उपप्र्रमुख र प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।