शंकर केसी ।
जाजरकोट, १५ साउन (रेडियो कपुरकोट) । गत असारको अन्तीम साता प्रवेश गरेको सलहले मकै बालीमा क्षती गरेको जाजरकोटका कृषकरुले बताएका छन् । जुनीचाँदे गाउँपालिकाका कृषकहरुले लाखौँको संख्यामा प्रवेश गरेको सलहले अहिले पनि क्षति गरिरहेको जनाएका छन् ।
दिनहुँ सलहलाई आगोको धुँवा तथा थाल ठटाएर भगाउने प्रयास गरेपनी मकै नष्ट गरेको जुनीचाँदे ६ बुदिडाँडाका कृषक पदम बहादुर बुढाले बताउनुभयो ।
असारको अन्तीम साता वडा नं ५ र ६ मा भित्रिएको सलहको झुण्डले प्रदेशका विभिन्न जिल्लाहरुमा पुगेर बालिनालि खाएको थियो ।
गत बैशाख १३ गते अविरलल असिना पानीका कारण गहुँवालीमा ठूलो क्षति व्यहोरेका कृषकहरुले फेरि मकै खेतीमा सलहको उपद्रो सहनुपरेको कृषक गोपाल गिरीले बताउनुभएको छ ।