कर्णालीका सबै विद्यालयमा पाठ्यपुस्तक वितरण

पंख बहादुर शाही ।
सुर्खेत, ५ साउन (जागरण) । कर्णालीका १० वटै जिल्लाका सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ ।
जनक शिक्षा सामाग्री केन्द्रले कर्णालीका ८ ओटा जिल्लाका सामुदायिक विद्यालयका लागि यो बर्ष १२ लाख भन्दा धेरै पाठ्यपुस्तक वितरण गरेको हो ।
रुकुम पश्चिम र सल्यान बाहेक ८ जिल्लामा १२ लाख १२ हजार ३ सय ९ थान पाठ्यपुस्तक जिल्लाका सदरमुकामहरुमा पठाईएको केन्द्रले जनाएको हो ।
रुकुम पश्चिम र सल्यानमा भने नेपालगञ्ज कार्यालयले पठाउने गरेको छ । ति जिल्लाहरुमा पनि पाठ्यपुस्तक पुगिसकेको छ ।
केन्द्रका केन्द्रीय प्रवक्ता चित्र आचार्यका अनुसार सुर्खेतमा ३ लाख ८५ हजार ५ सय ३०, दैलेखका लागि १ लाख ६४ हजार १ सय २९, जाजरकोटका लागि १ लाख २० हजार, जुम्लामा ७२ हजार नौ सय ३९, हुम्लामा ४ हजार, कालिकोटमा २ लाख, मुगुमा ४२ हजार, डोल्पा जिल्लाका लागि ३ हजार थान पाठ्यपुस्तक पठाईएको छ ।
आचार्यले विगतका बर्षको तुलनामा यो बर्ष पाठ्यपुस्तक वितरणको सँख्यामा वृद्धी भएको जानकारी दिनुभयो ।
जनक शिक्षा सामाग्री प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले गत बर्ष भन्दा २ लाख धेरै पाठ्यपुस्तक वितरण गरिएको जानकारी दिनुभयो ।
गत आर्थिक बर्ष २०७६÷०७७ मा १० लाख ८३ हजार ८ सय ९८ थान वितरण गरिएको थियो भने चालु आर्थिक बर्षमा १२ लाख १३ हजार भन्दा धेरै थान पाठ्यपुस्तक वितरण गरिएको हो ।
केसीका अनुसार हिमाली तिनओटा जिल्लामा हिउँदे सिजनमा पढाई हुने भएकाले हिउँदमै पाठ्यपुस्तक पठाईएको र बाँकी जिल्लामा जेठ महिनामा नै पु¥याई सकिएको हो ।