टेकराज केसी ।
सुर्खेत, १५ मंसिर (जागरण) । दैलेख गुराँस गाउँपालिकाले गुराँस गौरव मार्ग नाम दिएको सडक मार्फत सबै वडालाई जोडेको छ ।
वडा नम्बर १ देखि ८ सम्म जोड्ने गौरव मार्ग नाम दिइएको सडकको ६० किलोमिटर ट्रयाक ओपन कार्य सकिएको हो ।
३ करोड लागतमा उक्त सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ६ को पिलाडीदेखि गोगनपानीको केही भाग जोड्न मात्र बाँकी सडक निर्माण कार्य सकिएको वडा नम्बर ६ का अध्यक्ष हिम बहादुर ओलीले बताउनुभयो ।
पालिकाको २ करोड र प्रदेश सरकारको एक करोड बजेटमा ट्रयाक ओपन सकिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले कर्णाली रैबारलाई बताउनुभयो । तिन बर्षमा सडक निर्माण कार्य सकिएको छ ।
उक्त सडक स्तरउन्नतीका लागि संघिय सरकारले समेत २ करोड रकम पठाएको अध्यक्ष ओलीले बताउनुभयो ।
सडक निर्माणले गाउँपालिकाको सबै वडाका जनतालाई लाभ मिल्ने भन्दै अबको ५ बर्षभित्र कालोपत्रे गर्ने लक्ष्य लिइएको उहाले बताउनुभयो ।
कालोपत्रेको लागि गाउँपालिकाको बजेटले मात्र सम्भव नहुने भन्दै उहाले सहयोगको लागि प्रदेश र संघ सरकारलाई आग्रह गर्नुभयो ।