‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रमलाई प्रभावकारी बनाईँदै

पंख बहादुर शाही ।
सुर्खेत, २ पुष (जागरण) । कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रमलाई प्रभावकारी बनाउनेगरी काम थालिएको छ ।
गत बर्षको परिणाम सोचेजस्तो नआएकाले चालु आर्थिक बर्षका कार्यक्रमहरु समयमा नै सञ्चालनको तयारी थालिएको हो ।
गत बर्ष काम शुरु हुने समयमा लकडाउन शुरु भएपछि काममा बाधा पुगेकोले सोचेजस्तो परिणाम नआएको भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले गत सालका अधुरा रहेका कृषि व्यवसाय प्रवद्र्धन, अर्गानिक, कृषि सिँचाई कार्यक्रमलाई निरन्तरता दिइएको कर्णाली रैबारसँग बताउनुभयो ।
जैविक कृषि उत्पादनलाई टेवा पु¥याउन उद्देश्य सहित ल्याईएको ‘मेरो किसान, मेरो अन्नदाता’ कार्यक्रमले किसानहरुलाई व्यावसायिकतामा प्रेरित गर्न टेवा पु¥याईरहेको भन्दै यो बर्षदेखि परिणामुखी नतिजा आउने उहाले दाबी गर्नुभयो ।
उहाँले गत आर्थिक बर्षका खाद्यान्नमा धान उत्पादनमा वृद्धी भएको बताउँदै सुर्खेत, दैलेख सल्यान, रुकुमपश्चिम लगाएतका जिल्लामा खाद्यान्नको अभवा टरेको र बाँकी जिल्लाहरुमा खाद्यान्नको अभाव कम गर्नेगरी काम हुने बताउनुभयो ।