सिम्ताको एक वर्षः उपलब्धीमुलक भएको ठहर

सुर्खेत, १६ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाले आफ्नो १ बर्षे कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेको छ ।
गाउँपालिकाले एक वर्षको अवधिमा गरेको काम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले चुनौतिका बिच पनि उपलब्धिमुलक काम गर्न सफल भएको दाबी गर्नुभएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ राकमस्थित जामुने बजारमा कार्यक्रम गरी गाउँपालिकाले १ बर्षको अवधिमा गरेका विभिन्न प्रगतिहरुको बार्षिक समिक्षा गरेको हो ।
गाउँपालिका अध्यक्ष केसीले ‘समृद्ध सिम्ता र सुखी सिम्ताली’ को परिकल्पनाका साथ काम गरिएको भन्दै यो एक वर्षभित्र गरेका काम सिम्ताली जनताको प्रत्यक्ष हितमा रहेको ठहर गर्नुभयो ।
भौतिक पुर्वाधार विकासका लागी उपभोक्ता समिति गठन तथा प्राविधिक स्टमेट तयार पार्नु, सिम्ता उज्यालो कार्यक्रम अन्र्तगत ३ करोड रकम विनियोजन गरी उपभोक्ता समिति गठन गर्नु र स्टमेट तयार पाुर्नलगायतका कामलाई अध्यक्ष केसीले गाउँपालिकाको मुख्य उपलब्धीको रुपमा लिईएको बताउनुभयो ।
निर्वा्चित भएको १ बर्षमा गाउँपालिका सञ्चालनका लागी विभिन्न २१ बटा ऐन नियम पारित गरिएको छ ।
यस्तै, यो अवधिमा ३ वटा गाउँ सभाको बैठक सम्पन्न भएका छन् भने जनप्रतिनिधको बहुमत बाट गाउँपालिकाको केन्द्र टुंगो लगाउने काम पनि अर्को उपलब्धीको रुपमा रहेको अध्यक्ष केसीको भनाई छ ।

भौतिक पुर्वाधार विकासको क्षेत्रमा भएका प्रमुख उपलव्धीहरु
–सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत गाउपालीकाका घोरेटा, आग्रीगाउ, वजेडीचौर, खानीखोला, डाडाखाली, काप्रीचौर, राकम र –आलीमा उपभोक्ता समिति गठन भई काम भई रहेको छ ।
–शहिद ऋषि स्मृति चक्रपथ र शहिद ईन्द्र वि सी द्रुत मार्गको नामाकरण तथा निर्माण कार्य भई रहेको छ ।
–चोल्पा दुनी ,वजेडीचौर कोटेश्वर देउली , वजेडीचौर देउली ,काफलकोट नाहगाउ,गान्द्रा काफलकोट,सुन्तोला झ्यामा –आग्रीगाउ,डाडाखाली केउरेनी आदी सडकहरु निर्माण भएका छन ।
–सिम्ता वहुमुखी क्याम्पसको भवन तथा फिल्ड निर्माणको क्रममा छ ।

सामाजिक विकासको क्षेत्रमा भएका प्रमुख उपलव्धीहरु
–स्वास्थ्य शाखा अन्तर्गतका गतिविधिहरु
–सिम्ता गाउपालीकामा जेष्ठ नागरिक निशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न ।
–स्वास्थ्य संस्था भन्दा टाढा रहेका वस्तीहरुमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर १९ वटा स्थानमा माघ २० देखि फाल्गुन २१ –गते सम्म ११ सय १७ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाच तथा परामर्श तथा निशुःल्क औषधी वितरण गरिएको छ ।
–सिम्ता गाउपालीकामा सिम्तास्तरीय २ वटा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन ।
–गाउपालिकाबाट प्राप्त निशर्त अनुदान तथा सशर्त अनुदानबाट सिम्ताका १० वटै स्वास्थ्य संस्थामा पुग्ने गरी निःशुल्क औषधी खरिद तथा वितरण ।
–सिम्ताका ९ वटै वडामा महिला स्वास्थ्य स्वयम्सेविकाद्धारा राष्टिय भिटामिन ए र जुगाको औषधी खुवाउने कार्यक्रम सम्पन्न ।
–पुर्णखोप वडा काफलकोट र खानीखोला सम्पन्न तथा सिम्ता गा.पा. पुर्णखोप गा.पा.घोषण कार्यक्रम सम्पन्न ।
–स्वास्थ्यको चैमासिक समिक्षा गोष्ठि ३ पटक सम्पन्न भएको छ र मासिक वैठक ४ पटक सम्पन्न भएको छ ।
–परिवार नियोजन घुम्ती श्वास्थ्य शिविर निःशुल्क रुपमा स्थायी तथा अस्थायी शिविर सिम्ताको बजेडीचौर, सिर्जनाबजार, जामुने बजार तथा सबै संस्थामा सेटलाइट क्लिनिक सम्पन्न ।
–विद्यालय स्वास्थ्य प्रवद्र्धन अन्तरक्रिया तथा शिक्षा कार्यक्रम सिम्ताका ९ वटै वडाका विद्यालय मा.वि.तहमा सम्पन्न ।
–तालिमः एमएनएस अपडेट तथा इओसी सिम्ताका ८ वटै वर्थिंग सेन्टरमा कार्यरत नसिंंग स्टाफहरुलाई दिएर सम्पन्न भयो ।
–पुर्ण खोप सुनिश्चीतता तथा दिगोपनको लागि सिम्ताका नौ ओटै वडाका स्वास्थ्य संंस्था पं्रमुख तथा वडा अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष सहित अन्र्तक्रिया कार्र्र्र्यक्रम सम्पन्न साथै बैसाख महिना खोप महिनाको रुपमा सञ्चालन वडा खोप समन्वय समिति गठन महिला स्वास्थ्य स्वयंम् सेविका सँग खोपको प्रगति बढाउन तथा छुट दर घटाउन अन्र्तक्रिया कार्यक्रम सम्पन्न ।
–सिम्ताका सबै स्वास्थ्य संस्थाहरुमा फोहोरमैला व्यवस्थापन, क्षयरोग व्यवस्थापन, मातृ तथा नवजात शिशु व्यवस्थापनका लागि सशर्त अनुदानबाट सामाग्री वितरण ।
–किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम अन्र्तगत सिम्ता र नि.मा.वि. तहका कक्षा ६ र ७ मा अध्ययनरत किशोरीहरु सँग महिनावारी स्वच्छता तथा सरसफाई सम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न ।
–महिलाहरुको पाठेघर खस्ने समस्या न्यूनिकरणको लागि सिम्ता स्तरका महिला स्वास्थ्य स्वयंमसेविका मध्येबाट २४ जना स्वयंंमसेविकालाई सिर मेमोरियल हस्पिटल बनेपा को सहयोगमा २ दिने क्षमता विकास तालिम सम्पन्न
–महिलाहरुको पाठेघर खस्ने जाँचको लागि जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको सहयोगमा सिम्ता ५ आलिमा १ दिने भि.आई.ए. जाँच सम्बन्धी १ दिने सिविर सम्पन्न ।
–कृर्षि तथा खाद्य सुरक्षा आयोजना तथा सुआहारा कार्यक्रमबाट पोषण सम्बन्धी विभिन्न लेखाजोखा तथा साना अनुदान कार्यक्रम सम्पन्न ।
–जिवन स्वास्थ्य सुरक्षा विमा कार्यक्रम सिम्ताका सबै तहका स्वास्थ्यकर्मि, जनप्रतिनिधीहरुलाई तालिम तथा कार्यक्रमको सुरुवात ।
–सबै स्वास्थ्य सँस्थाहरुमा जनशक्ति व्यवस्थापन सशर्त अनुदान तथा गाउँपालिका निशर्त अनुदानबाट व्यवस्थापन ।

शिक्षा शाखा अन्तर्गतगका गतिविधिहरु
–शिक्षा क्षेत्रको समग्र विकासका लागि सवै प्रअ र अध्यक्षहरुको वृहत भेला तथा योजना निर्माणका जि शि अ को सहभागितामा लागि २ पटक कार्यशाला सम्पन्न भएको छ ।

–जिल्ला शिक्षा कार्यालय सुर्खेतको आयोजनामा सिम्ता गा.पा. सुर्खेत अन्तरगत कक्षा १ देखि ३ सम्म संचालित सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षक, प्र.अ., शिक्षकहरुका प्रति विद्यालय ३ जनाका लागि आयोजित २ दिने सीबी–ईजीआरए तालिम ।।
–जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ सुर्खेतको आयोजनामा सिम्ता गा.पा. सुर्खेत स्थित कक्षा ९देखि १० सम्म संचालित सामुदायिक विद्यालयहरुका प्र.अ. र लेखा कर्मचारीहरुका लागि आयोजित ३ दिने लेखा व्यवस्थापन तालिम ।।
–शैक्षिक तालिम केन्द्र सुर्खेतको आयोजनामा संचालित प्रा.वि. तहमा अध्यापनरत शिक्षकहरुका लागि प्रति विद्यालय २ जनाका १० दिने राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ सीप टि.पी.डी. तालिम ।।

युवा तथा खेलकुद विकासका गतिविधिहरु
–यस गाउँपालीकामा राजेन्द्र सिंह ठकुरीका अध्यक्षतामा गाउ“पालीका स्तरिय खेलकुद विकास समिति गठन गरि कार्यान्वयन गरिएको छ ।
–युवा तथा खेलकुद विकासको कार्यालय स्थापना गरि खेलकुद संचालन गरिएको छ साथै यस शाखाले सिम्ता स्तरिय भलिवल प्रतियोगिता संचालन गरेको छ ।
–सिम्ता स्तरिय विभिन्न विधाका खेलहरु संचालन गरिएको छ यसको लागि विभिन्न खेलकुदसंग सम्वन्धित युवा क्लवहरु –प्चलन गरिएको छ ।
–सिम्ता स्तरिय खेलकुद मैदान सिम्ताको राकमका निर्माणाधिन अवस्थामा रहेको छ र सिम्ता स्तरिय रंगशाला निर्माण गर्ने योजना रहेको छ ।

आर्थिक विकासको क्षेत्रमा भएका प्रमुख उपलव्धीहरु
–गाउँपालीकामा गरिवीको नक्सांकन भई रहेको छ र गाउँपालीकाका ५ वटा वस्तिहरुलाई नमूना गाउँको अवधारणाको प्रारम्भ भएको छ ।
–कोटेश्वरको संरक्षणका लागि सिडी निर्माण तथा स्तर उन्नतीका साथै अन्य वडाहरुमा मठ मन्दिरहरु निर्माण गरिएको छ ।
राकम लिफ्ट सिंचाई व्यवसायीक पालन, कृषि प्रवर्धन गरिएको छ ।
–राजकाडा कोटेश्वर पातिहाल्ना, भोटेचुली तामाचुली र राकम छेडा सम्मको क्षेत्रलाई गाउसभाले पर्यटन क्षेत्र घोषणा गरिएको छ ।
–सिम्ता गाउपालीकावाट दर्ता भएका सवै सहकारीहरु ीडभिजन सहकारीवाट हस्तानतरण गरिएको र यही १५ गते देखि सवै सहकारीहरुको सहभागितामा तलीमको आयोजना गरिएको छ ।

वातावरण तथा विपद व्यवस्थापनको क्षेत्रमा भएका प्रमुख उपलव्धीहरु
–वर्षा याममा भत्कीएका सवै सडकहरुको मर्मत संभार गरिएको छ ।
–गाउँपालीकामा रहेका गम्भीर प्रक्रितिका घाईते तथा विरामीहरुलाई राहात प्रदान गरिएको छ ।
–पौवाखोला तटवन्ध नियन्त्रण कार्यक्रम निर्माणधिन राकम खहरेखोला ,खानीखोला ,काप्रीचौर र जुगैखोला तटवन्धन कार्य निर्माणधिन अवस्थामा रहेको छ ।

संस्थागत विकास तथा सेवा प्रवाहमा भएका प्रमुख उपलव्धीहरु
–गाउँपालीकाका लागि आवस्यक ऐन नियमहरु निर्माण भएका छन र आवस्यक नियमहरु निर्माण हुने क्रममा छन् ।
–यस आर्थिक बर्षमा एउटा विषेश अधिवेशन र २ वटा नियमित अधिवेशन गरि ३ वटा गाउ सभा तथा गाउ अधिवेशन सम्पन्न भएका छन् ।
–गाउँकार्यपालिकाको कार्यगत व्यवस्थापनका लागि यस आर्थिक बर्षमा २४ पटक सम्पन्न गरि विभिन्न नीतिगत र कार्यगत व्यवस्थापन सम्वन्धि निर्णयहरु पारित गरिएको छ
–गाउँपालीकामा कार्यरत कर्मचारीहरुको ३ वटा वैठक सम्पन्न भएको छ । सवै वडाहरुमा वडा कार्यालयहरु स्थापना गरि संचालनमा रहेका छन् ।
–गाउँपालीकालाई विधुतिय व्यवस्थापनका लागि गाउपालीकामा काम सम्पन्न भएको र सवै वडाहरुमा क्ष्ऋत् अन लाईन सेवा प्रारम्भ गर्न वडाहरुमा जडान गर्ने क्रममा रहेको छ । मोबाईल एप्स र ग्रुप एस एम एस सेवाका साथै वेवसाईड संचालनमा आएको छ ।
–गाउँपालीकामा भए गरेका गतिविधिहरुको प्रचार प्रसार तथा सार्वजनिकीकरण प्रभावकारी रुपमा भएको छ । गाउँपालीकाका सरोकारवालाहरुसंगको प्रभावकारी समन्वय भएको छ ।
–सडक, सिंचाई र खानेपानी गुरु योजना निर्माण गरिएको छ साथै अरु सवै विषयगत क्षेत्रको आवधिक योजना निर्माणको क्रममा रहेको छ ।
–सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत वृहत सर्वेक्षण गरिएको छ सोही अनुसार सवै वडाहरुमा कार्यक्रम विस्तर भई रहेको छ ।
–गाउँपालीकाको केन्द्र निर्धारणका सम्वन्धमा स्थानिय सरकार संचालन ऐन २०७४ वमोजिम केन्द्र निर्धारण गरिएको छ । साथै आगामी आर्थिक वर्ष देखि गाउपालीकाको भवन र भवन नभएका वडा कार्यालय भवन निर्माणको योजना रहेको छ ।
–गाउँपालीकाका गतिविधि र संस्थागत क्रियाकलामहरुलाई आम नागरिकहरुका विचमा संप्रेशन गर्न सार्वजनिक सुनुवाई गरिएको छ ।
–जनतासंग सिम्ता गाउँपालीका रेडियो कार्यक्रम सानेभेरी रुकुम , प्रदेश एफ एम र जागरण एफ एम वाट नियमित रुपमा प्रशारण गरिएको छ ।
–वडा कार्यालयको संस्थागत विकासका लागि सवै वडा कार्यालयहरुमा सोलार जोडिएको छ र यसै आर्थिक वर्ष भित्र लेट संजाल र विद्दुतीय हाँजिर संचालन गरिने छ ।
–कर्मचारी तथा जन प्रतिनिधिहरुको क्षमता विकास कार्यक्रम विभिन्न पटक संचालन गरिएको छ । साथै संघिय मामिला , प्रदेश सरकार र अन्य सरोकारवाला निकायहरुको आयोजनामा पनि क्षमता विकास कार्यक्रमा सहभागि गराईएको छ ।

–गाउँपालीकामा पंजीकरण व्यवस्थापन गरिएको छ ।
–गाउँपालीकामा गठित न्याय समितीका कामहरुलाई व्यवस्थित गर्नका लागि सवै वडाहरुमा सामुदायीक मेलमिलाप केन्द्र गठन गरिएको छ र सवै मेलमिलाप केन्द्रका सदस्यहरुलाई यसै महिना ४८ घण्टाका क्षमता विकास कार्यक्रमको आयोजना गरिएको छ ।
–गाउँपालीकाको गुरु योजना निर्माणका लागि अन्तराष्टिय प्रशिक्षक नरवहाद’र कार्कीको सहभागितामा कार्यशाला सम्पन्न भएको छ ।
–गिनिज वुक अफ वलर्ड रेकर्डर अर्पन शर्माको सहजीकरणमा शिक्षको समग्र विकासका लागि स्मरण शक्ति सम्वन्धी क्षमता अभिवृद्धि सम्वन्धी कार्यशाला सम्पन्न भएको छ ।

अन्य गतिविधि अन्तर्गतगका गतिविधिहरु
–यस गाउँपालिकामा स्याक नेपाल, सुन्दर नेपाल, एसियाली विकास वैंक, हेल्थ फर लाईफ, मेडपा मेडेप, वैकल्पीक उर्जा आदी सरोकारवाला निकायहरुसंग कार्यशाला सम्पन्न भएको छ ।

केन्द्र, प्रदेश र स्थानिय तहका विच साझेदारीमा गर्न सकिने संभाव्य योजनाहरु
–सिम्ता चक्रपथ निर्माण र कालोपत्रे सहित स्तरउन्नती गर्ने (जाम्नेवजार ,दह सिमा छिर्ना ,देउली नाहागाउ, खनेटा वाखर्क जामुनेवजार )
–गोजी आली जुम्ले साहुखोला गोजी चक्रपथको निर्माण र कालोपत्रे सहित स्तरउन्नती गर्ने ।।
–भेरी किनारमा वृहत लिफ्ट सिंचाई योजना निर्माण ।।
–सिम्ता स्तरिय वहत खानेपानी योजना सर्वेक्षण र निमार्ण ।।
–गोजी वजेडीचौर–देउली–काफलकोट रानीवास सडक कालोपत्रे सहित स्तरोन्नती गर्ने ।।
–सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत गाउपालीकाका सवै वडाहरुमा विधुतिकरण गर्ने ।।
–गोजी–आली–दह–नेटा–आरनटुडा–साटाखानी–वीरेन्द्रनगर दु्रत मार्ग निर्माण र कालोपत्रे सहित स्तरउन्नती गर्ने ।।
–सिम्ता गाउँपालीकाका सवै वडाहरुमा पुग्ने सवै सडकहरुलाई पहुच मार्गको रुपमा स्तर उन्नती गर्ने ।।
–सिम्ता क्षेत्रको पौराणीक सम्पदा राजकाडा दरवारको जिर्णोदार गरि पर्यटन प्रवद्र्धन गर्ने ।।