जाजरकोटका विद्यार्थीहरु आन्दोलित

जाजरकोट, २३ पुष (जागरण) । जाजरकोट भेरी नगरपालिकाका विद्यार्थीहरु आन्दोलित भएका छन ।
त्रिवेणी माद्यामिक विद्यालयका विद्यार्थीहरु मागहरु नगरपालिकाले सुनुवाई नगरेको भन्दै आन्दोलित बनेका हुन ।
नगरपालिकाले विद्यालयमा आवश्यक दरबन्दी पुरा गर्न नसकेको भनदै आफुहरुको पठपाठन प्रभावित भएको उनिहरुको भनाई छ ।
उनिहरुले गत बर्षको गिट्टी बालुवाको राजस्व सार्वजनिक गर्नुपर्ने, नदी डाईभर्सनको लगानी फिर्ता गर्नुपर्ने विद्यालयमा दरबन्दी फुलफिल गरि पढ्ने वातावरण तयार गर्नुपर्ने माग राखेका छन ।
यस्तै विद्यार्थी शिक्षक, कर्मचारकिो स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरि सुरक्षित रुपमा शिक्षा पाउनुपर्ने आफुहरुको अधिकार भएपनि नगरपालिकाले वेवास्था गरेको एकजना विद्यार्थीले बताए ।
उनीहरुले माग सुनुवाईका लागि इलाका प्रहरी कार्यालय मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
विद्यालयका प्रधानध्यापक बिनोद साहानीले नगरपालिकाले विद्यकारणले विद्यार्थीहरु आन्दोलित भएको भन्दै यो आन्दोलनमा आफुहरुको नैतिक रुपमा साथ रहेको बताउनुभयो ।
आर्थिक बर्ष ०७६÷७७ देखि स्थानिय तहले विद्यालयमा उपलब्ध गराउँदै आएको शिक्षक अनुदानको रकम गत साउन देखि निकासा नभएपछि विद्यार्थीहरुको पढाई प्रभावित भएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।
यता, नगरपालिकाले भने गिट्टी बालुवाबाट शिक्षकको तलब भुक्तानी दिन नमिल्ने भन्दै अबको केही दिनमा विद्यलयको माग पुरा हुने बताएको छ ।
नगरपालिका उपप्रमुख भावना भणडरीले माग पुरा गर्ने सन्दर्भमा आफुहरु छलफलमै रहेको कर्णाली रैबारलाई बताउनुभयो ।