लकडाउनपछि देउती बज्यै मन्दिरमा भक्तजन बढ्दै

सावित्रा उपाध्याय ।
सुर्खेत, २७ पुष (जागरण) । कर्णाली प्रदेशकै प्रसिद्ध सुर्खेत देउती बज्यै मन्दिरमा लकडाउनपपछि भक्तजनहरु बढ्न थालेका छन ।
बाहिरी जिल्लाहरुबाट समेत दर्शनको लागि आउने भक्तजनहरु बढेका हुन ।
कोराना भाईरसका कारण लामो समयदेखी लकडाउन हुदा सुनसान देखीने देउती बज्यै मन्दिर मा पछिल्लो समय दर्शन गर्नै भक्तजनको वृद्धि भएको मन्दिरका पुजारीहरुले बताएका छन ।
मन्दिरका पुजारी टंक बहादुर राजीले लकडाउनमा सुनसान भएको मन्दिरमा अहिले दैनिक दुई सय जनासम्म भक्तजनहरु आउने गरेको बताउनुभयो ।
धार्मीक पर्यटकको रुपमा समेत विकास हुँदै गएको मन्दिरको व्यवस्थापन अझै नपुगेको राजीले बताउनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिकाले भने मन्दिरलाई थप व्यवस्थापन गर्न विभिन्न कार्यक्रमहरु कामहरु गर्न थालिएको बताएको छ ।
नगरपालिका प्रमुख देव कुमार सुवेधीले अहिलेसम्म मन्दिरबाट २० लाख रकम जम्मा भएको भन्दै यही रकमबाट व्यस्थित गरिने बताउनुभयो ।
सुर्खेत उपत्यका बिचमा रहेको देउती बज्यै मन्दिरमा दर्शन गर्दा आफ्नो मनमा सोचेको पुरा हुने धार्मीक विश्वास छ ।