टेकराज केसी ।
सुर्खेत, ९ माघ (जागरण) । सरकारी तथ्यांकहरु केलाउँदा, लागु पदार्थ दुव्र्यसनीमा धेरैजसो किशोर किशोरी तथा युवाहरु फस्ने गरेका छन । यसैगरी, केही बालबालिकाहरु पनि लागु औषधको प्रयोग एवं ओसारपसारमा प्रयोग हुने गरेका छन् । साथीभाइको सङ्गत, बेरोजगारी, परिवारको भूमिकामा कमी जस्ता कारणले युवा तथा किशोरकिशोरीहरु लागू पदार्थको कुलतमा फस्ने गरेको हुन । लागु पदार्थ दुव्र्यसनीमा फस्न नदिन अविभावकहरु नै सचेत हुुनुपर्ने सरोकारवालाहरुले बताएका छन । सुन्नुहोस अडियोमा……
