समय-समयमा गरिने बन्दले नागरिकहरुलाई हैरानी (अडियोसहित)

नन्द कठायत ।
सुर्खेत, २३ माघ (जागरण) । पछिल्लो राजनितिक घटनाक्रमलाई लिएर अहिले देशव्यापी विरोध पदर्शनहरु भइरहेका छन । दिनदिनै हुने विरोध प्रदर्शन र बन्दको मारमा काम गरि खाने जनताहरु परेका छन । बिहीबार नेकपा प्रचण्ड समुहले आब्हान गरेको बन्दका कारण दिनभरको जनजिवन प्रभावित रह्यो । राजनितिक स्वार्थ निमिल्दा देशमा विभिन्न बन्द, हड्ताल गरिन्छ । लोकतन्त्रमा विरोध गर्न पाइन्छ । तर जनतालाई दुख दिने गरि गरिने यस्ता बन्द, हडतालले जनता आजित भइसकेका छन । हुने खानेभन्दा हुँदा खानेहरु बन्दको मारमा पर्ने गरेका छन । सुन्नुहोस अडियोमा ।