मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ‘स्कूल अफ ल’ को भर्ना स्थगित

सुर्खेत, २६ फागुन (जागरण) । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय ‘स्कूल अफ ल’ को भर्ना स्थगित भएको छ । आज सुचना प्रकाशित गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विएएलएलवी को भर्ना अर्काे सूचना जारी नभएम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो ।
नयाँ भर्ना कार्यक्रमका लागि फागुन २१ गते सुचना प्रकाशित गरिएको थियो । जस अनुसार २६ गते सम्म भर्ना गरी सक्नुपर्ने थियो । तर प्रवेश परिक्षाको नजिता भनसुनको आधारमा प्रकाशित भएको आशंका उत्पन्न भएपछि भर्ना स्थगित गरिएको बुझीएको छ । विश्वविद्यालयले ‘स्कूल अफ ल’ विएएलएलविका लागि गएको फागुन १७, १८ र १९ गते परीक्षा लिईएको थियो । प्रवेश परीक्षामा विश्वविद्यालयका निर्देशक, प्राध्यापक, उपप्राध्याकहरु मिलेर एउटा नीजि विद्यालयका परीक्षार्थीलाई पास गराइएको अन्य विद्यार्थीहरुले आरोप लगाएका छन् ।
यसै सन्दर्भमा प्रवेश परीक्षामा अनियमिता भएको प्रश्न उठेपछि स्कूल अफ ल का कार्यक्र निर्देशक अर्जुन कुमार ऐडीसहित उपप्राध्यापकहरुले हिजो राजीनामा दिइसकेका छन् ।