सुर्खेत, १९ जेठ (जागरण) ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत र दैलेखमा राष्ट्रिय प्रशारण लाइनबाट विद्युत आपुर्ती हुँदै आए पनि दैनिक जसो विद्युत अवरुद्ध हुँदै आएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा विद्युत सेवा अवरुद्ध हुँदा विद्युतबाट हुने काममा सेवाग्राही सास्ती भोग्न बाध्य छन् । विद्युत अनियमित हुँदा दैनिक करौडौ रुपैयाँको व्यापार घाटा हुने गरेको व्यवसायीहरुको गुनासो छ । कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तरोन्नति नहुँदा समस्या हुने गरेको हो । यसै सन्दर्भमा हामीले बारम्बार अवरुद्ध भईरहने कोहलपुर–सुर्खेत प्रसारण लाईनलाई नियमित गर्न के गर्नुपर्ला भनेर जनतालाई सोधेका छौँ । सुन्नुस् जनताको आवाज जस्ताको तस्तै । (अडियो)