नेपालमा एकैदिन २३ सय ५१ जनामा कोरोना संक्रमण 

काठमाडौं, ८ बैशाख (जागरण) । पछिल्लो २४ घन्टामा थप २३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको  छ। ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।

पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट ११ सय ३१ जनागरी २३ सय५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार १० हजार ५८२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन्। बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन्।

कोरोना संक्रमित मध्ये काठमाडौं उपत्याकामा मात्रै ११ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ गरी १ हजार ५१ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।