लगातारको वर्षाका कारण कर्णालीका विभिन्न वस्तीहरु बाढी पहिरोको जोखिममा, सतर्क रहन स्थानीय प्रशासनहरुको अनुरोध

सुर्खेत, ३ असार (जागरण) । केही दिनयतादेखिको अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि कर्णालीका स्थानीय प्रशासनहरुले सतर्क रहन अनुरोध गरेका छन ।
केही दिनअघि नेपाल प्रवेश गरेको यस वर्षको मनसुन सक्रिय बन्दै गएपछि भारी बर्षा हुन थालेपछि प्रशासनहरुले सतर्क रहन अनुरोध गरेका हुन ।
बर्षासँगै सुर्खेत लगायत जिल्लाहरुमा बाढी पहिरोको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सतर्कता अपनाउन भनेको छ ।
लगातारको वर्षाले कर्णाल िप्रदेशका विभिन्न खहरे खोलाहरुको वहाव बढेको छ । भने कर्णाली र भेरी नदीसहितका खोला आसपासका बस्तीहरु जोखिममा परेका छन । ती क्षेत्रमा बसोवास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनहरुले आग्रह गरेका छन ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जोखिमयुक्त स्थानमा बसोबास गर्ने समुदायले सतर्कता अपनाउनुपर्ने भन्दै बाढीपहिरोबाट केही घटना भए तत्काल खबर गर्न आग्रह गर्नुभएको छ ।
कर्णालीका अन्य जिल्ला प्रशासनहरुले पनि नागरिकहरुलाई सचेत बनाएका छन । देशैभर मनसुन सक्रिय भएसँगै पछिल्ला केही दिनयता कर्णालीसहित देशका अधिकांश क्षेत्रमा भारी बर्षा भइरहेको छ ।
यस्तै जल तथा मौसम पुर्वअनुमान महाशाखले अझै तिन दिन कर्णालीसहित देशभर भारी बर्षा हुन सक्ने प्रक्षेपन गरेको छ ।
विषेश बुलेटिन निकालेर महाशाखले कर्णालीमा भारी बर्षा हुनुका साथै लुम्बिनी प्रदेशमा अति भारी बर्षा हुन सक्ने प्रक्षेपण गरेको हो ।
अन्य प्रदेशमा पनि बर्षा नियमित हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।