व्यवसायिक कृषकहरुलाई मिनि टिलर

शंकर केसी ।
सल्यान, ८ असार (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाले व्यवसायिक खेती गर्दै आएका कृषकहरुलाई खेत जोत्ने मिनि टिलर प्रदान गरेको छ ।
गाउँपालिका भित्रका व्यवसायिक खेती गर्दै आएका ६ जना कृषकलाई ५० प्रतिशत अनुदानमा आज मिनि टिलर वितरण गरिएको हो ।
कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरिएको गाउँपालिका आर्थिक विकास संयोजक यम कुमार बस्नेतले जानकारी दिनुभयो ।
किसानहरुलाई मिनि टिलर वितरण गर्दै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नयाँ प्रविधिमार्फत् कृषिमा श्रम र लागत घटाइ उत्पादन बढाउन कृषकको माग अनुसार मिनी टिलर वितरण गरिएको बताउनुभएको छ ।