“संविधान र संसदीय व्यवस्था विरुद्धको कदम नसच्याएसम्म संसद चल्न दिन्नाैँ”-एमाले


सुर्खेत, १८ असार (जागरण) ।
कर्णाली प्रदेशसभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नै गर्न नपाएर स्थगित भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । यही असार २४ गते दिउँसो २ बजे अर्काे बैठक बोलाइएको छ ।
यसैबीच कर्णाली प्रदेश सरकारले असार १ गते प्रदेशसभामा बजेट पेसगरेयता प्रदेशसभा बैठक चल्न सकेको छैन् । नेकपा एमाले आफ्नो सर्वाेच्वको अन्तरिम आदेश बमोजिम एमालेका पुर्नवहाली भएका चारै जना सांसद प्रतिपक्षमा वस्नुपर्ने अडान राख्दै आएको छ । फ्लोर क्रसगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका एमालेका ४ जना सांसदहरुलाई एमालेको सिफारिसमा प्रदेशसभाले पदमुक्त गराएकोमा गत जेठ २७ गते सर्वाेच्व अदालतले उनीहरुलाई पुन संसदकै हैसियतमा पुर्नबहाली भएपछि कर्णाली प्रदेशसभामा किचलो सुरु भएको हो । फ्लोर क्रस गरेर मन्त्री बनेका अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सर्वाेच्वको फैसलापछि पनि प्रदेशसभामा सत्ता पक्षको रोहमा वस्ने गरेका छन् । प्रकाश ज्वाला भने प्रतिपक्षमा वस्ने गरेका छन् ।
एमालेले कर्णाली प्रदेशसभामा एउटा मात्र एमाले रहेको र प्रमुख प्रतिपक्ष भएकाले एमालेका सबै सांसद प्रदेशसभामा प्रतिपक्षमा बस्ने व्यवस्था नगरेसम्म संसद चल्न नदिने अडान दोहो¥याएको छ ।
आज एमाले कर्णाली प्रदेश संसदीय दलले पत्रकार सम्मेलनको आयोजनागरी आफूले उठाएको विषयको समाधान नभएसम्म संसद चल्न नदिने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै संसदीलय दलका नेता यामलाल कंडेलले प्रदेशसभामा संसदीय व्यवस्था र दलिय आचरण विपरित कार्य भैरहेको एमालले संसद अवरुद्ध गर्नु परेको बताउनुभयो ।
नेता कंडेलले संविधान अनुसार एमालेका संसदलाई लिएर सरकार बनाउने कानुनी आधार नभएको भन्दै कानुनी आचरण विरुद्धका काम सच्याउन नेकपा एमालेले चालेको कदमका रुपमा बुझन आग्रह गर्नुभयो ।

एमालेले सरकारलाई सहयोग गर्ने ठाउँ मिलेसम्म आफूहरु सहयोग गर्न तयार रहेको तर संविधान, ऐन कानुन र राजनीतिक आचरण भित्र रहेर सरकार चल्नुपर्ने बताएको छ ।