किसानहरुलाई बाख्रा वितरण

शंकर केसी ।
सल्यान, १९ असार (जागरण) । सल्यानको कपुरकोटमा व्यवसायिक किसानहरुलाई बाख्रा वितरण गरिएको छ ।
समुहमा आवद्ध भएका १० जना किसानको खोर सुधार र २५ जना किसानलाई उन्नत बाख्रा विवतरण गरिएको हो ।
किसानको समेत साझेदारी रहने गरी खोर सुधार, उन्नत बाख्रा र औषधि वितरण गरिएको जनाइएको छ ।
कपुरकोट ३ मा रहेको जागृत मिश्रित बाख्रापालन समितिमा आवद्ध २५ जना किसानहरुलाई कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जमुना पारि जातका बोका वितरण गर्नुभयो ।
यस्तै, १० वटा बाख्राको खोर सुधार कार्यक्रम पनि सम्पन्न गरिएको कपुरकोट गाउँपालिकाको पशुपन्छी विकास ईकाइले जनाएको छ ।
परम्परागत तरिकाको बाख्राको खोरमा चिसो, घाम, वर्षा, छाँया, हावा, प्रकाशको समुचित व्यस्थापन नहुने र यसले बाख्राको उत्पादन घट्नुका साथै रोग व्याधिबाट समेत ग्रसित हुने भएकाले खोर सुधार गरिएको पशुपन्छी विकास ईकाई प्रमुख अरुणा भण्डारीले जानकारी दिनुभयो ।
यस्तै १ लाख रुपैयाँ बराबरको औषधि पनि वितरण गरिएको उहाको भनाई छ ।
किसानको पनि ५० प्रतिशत लागत सहभागिता हुने गरी कपुरकोट गाउँपालिकाले जागृत मिश्रित बाख्रापालन समितिमा २० लाख रुपैयाँ बराबरको नश्ल सुधार, खोर सुधार र औषधि वितरण कार्यक्रम सञ्चालन गरेको हो ।
जमुनापारि जातको बोका खरिदका लागि १० लाख रुपैयाँ, खोर सुधारमा ८ लाख, औषधि खरिद, ढुवानी तथा प्रशासनीक तर्फ २ लाख रुपैयाँ लगानि गरिएको गाउँपालिकाले जनाएको छ ।
दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउनका लागि कृषि क्षेत्रमा उचित रकम विनियोजन गरी कृषकहरूको आम्दानी बढाउन आफुहरुले हरेक वर्ष किसानलाई अनुदानसंगै विभिन्न कार्यक्रम र योजनाहरु सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनुभयो ।