सुर्खेत, २८ जेठ । (जागरण) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको आगामी बर्षको बजेट उत्पादनमुखि र सम्भाव्यता अध्ययनमा केन्द्रीत हुने बताउनु भएको छ । आज वीरेन्द्रनरमा पत्रकारहरुसंग कुराकानी गदै उहाँले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबै भन्दा पहिले आधार तयार गर्न आवश्यक रहेकोले आर्थिक वर्ष २०७५÷७६ को लागि ल्याउने बजेटमा उत्पादनमुखि र सम्भाव्यता अध्ययनमा जोड दिने बताउनु भएको हो ।
हामीले कर्णाली प्रदेशमा धेरै सम्भावना मात्रै छ, सुनसुनको खानी हो भनेर भनेर भाषण गरेका छौँ तर सुन नै छ भनेर प्रमाणित गरेका छैनाँै’ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भन्नुभयो, ‘यहाँको कृषियोग्य जमिन कति छ, जडिबुटीको सम्भावना कति छ, यहाँ विभिन्न खानीहरुको सम्भावना कति छ भनेर हामीलाई तथ्याङ्क चाहिएको छ, अबको बजेट यहाँका सम्भावनाहरुको पहिचान गर्न खर्च हुन्छ, हामीले यि कुरालाई प्राथमिकता दिएर निति तथा कार्यक्रम ल्याएको छाँै र त्यसै अनुसार बजेट ल्याउने तयारी गरेका छौँ ।’
उहाँले कर्णाली प्रदेशको सम्भावनाहरुको अध्ययन गरेर गुरुयोजना तयार गर्ने र विकासका लागि कति पैसा आवश्यक पर्छ त्यसको खोजी गरी स्रोत परिचालन गर्ने योजना निर्माण गर्न लागेको बताउनु भयो । मुख्यमन्त्री शाहीले अबको कर्णाली प्रदेशको बजेट वितरणमुखि नभएर उत्पादनमुखि हुने बताउनुभयोे ।
उहाँले अब परम्परागत रुपमा काम गरेर विकास गर्न नसकिने भन्दै सबैले सोचलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।