कर्णालीमा बढ्दै साइकल सवारी


सुर्खेत, ३ साउन ।
कर्णालीमा पछिल्लो समय साइकल चढ्ने युवाहरुको संख्या बढ्दै गएको छ ।
विशेषगरी प्रदेश राजधानी सुर्खेत र जुम्लामा साइकल चढ्ने युवाहरुको संख्या बढ्दै गएको हो । युवाहरुले साइकल सवारीलाई पवद्र्धन गर्नेगरी अभियान समेत चलाउन थालेका छन् । यसै अन्तर्गत जुम्ला र सुर्खेतमा कोरा साईक्लिङ्ग गरेका छन् । जुम्लामा गरिएको यो दोस्रो कोरा साईक्लिङ्ग च्यालेन्ज हो । गतबर्ष पनि जुम्लामा युवाहरुले कार्यक्रम गरेका थिए । एउटा समूहले लाम्रा गाउँको तिला उपत्यका आसपास ऐरेनीबाट हाकुँसाघुँ, हाँकुँगाउँ, गाडापारी, खल्लासाँघु, तलिउम, श्रीनगर, लाम्रासम्म कोरा राईड गरेका थिए । यसको अगुवाई कपील चौलागाँईंले गरेका थिए । डा.भूमेश काफ्लेको समूहले जुम्लाबजार, चन्दननाथ मन्दिर, तिलानदीको पुल, बोहरागाउँ, गैरागाउँआसपास साईकल राईड गरेर कोरा च्यालेन्जमा भाग लिएका थिए ।


यसैगरी कर्णाली राइडर्सको नेतृत्वमा सुर्खेतमा काँक्रेबिहार कोरा च्यालेन्ज भएको छ । करिब २० जना राईडर्सले मंगलगढीबाट देउतिबज्यै, शिबमन्दिर, काँक्रेबिहारको परिक्रमा गरेका थिए । हरेक बर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरा साईक्लिङ्ग नेपालमा साईकलिङ्गको सबैभन्दा ठूलो कार्यक्रम हो । कोराको अर्थ पवित्रस्थलको परिक्रमा गर्नु हो । काठमाण्डौ उपत्यकाका सबै तीर्थस्थललाई केन्द्रमा राखेर उपत्यकाआसपासका बस्तिहुँदै साईकल यात्रा गर्ने गरी शुरु गरिएको कोरा च्यलेन्ज केहीबर्षमै लोकप्रिय बनेर देशका विभिन्न शहरहरुमा समेत शुरु भएको छ । हिमाली जिल्ला जुम्लामा साईकल र माउण्टेन बाईकको सम्भावनालाई उजागर गर्न गतबर्षदेखि यहि दिनमा पहिलो कोरा साईक्लिङ्ग च्यालेन्ज गरिएको थियो ।
जुम्लाको तिला उपत्यका र सिजा उपत्यका आसपासका गाउँबस्तिहरु साईकलका माध्यमले सहजै जोड्न सकिन्छ । जुम्ला हाईअल्टिच्युड साईक्लिङ्ग अभ्यासको निम्ति महत्वपूर्ण गन्तव्य हुनसक्ने अभियान्त माधव चौलागाउँ बताउनु हुन्छ । राजधानी सहरका रुपमा तिब्र विकास भैरहेको सुर्खेतमा दैनिक कामकाजमा साईकलको प्रयोग बढाउन सके वातावरण प्रदूषण न्यून गर्न सकिने र त्यसले जनताको स्वास्थ्य प्रवद्र्धन हुनुका साथै दीगो शहरिकरणमा मद्धत पुग्ने चौलगाईले बताउनुभयो । चौलगाईले दर्शनीयस्थलहरुमा साईकलको पहुँच बढाउन सके दीगो पर्यटन विकासमा योगदान हुने र त्यसकोलागि स्थानीय सरकार र जनताहरु उत्तिकै जागरुक हुनुपर्ने बताउनुभयो ।