कर्णालीका केही ठाउँका नागरिकहरुलाई खानेपानी बोकेर खानुपर्ने बाध्यता

नन्द कठायत ।
सुर्खेत, ३ साउन (जागरण) । कर्णालीका केही ठाउँहरुमा खानेपानी अभाव हुँदा नागरिकहरुलाई सास्थी भएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा मुहानहरु सुक्दै गएपछि पानीको खानेपानी समस्या भएको हो ।
सुर्खेतकै चौकुने गाउँपालिका रेक्चा गाउँमा खानेपानीको मुहान नै नहुँदा पालो लगाएर खानेपानी पिउन बाध्य भएको त्यहाँका नागरिक बताउने गरेका छन ।
त्यहाँको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले लिखित प्रतिवद्धता केही दिन अघिमात्र जनाएको छ । त्यो गाउँमा डिप बोरिङ मार्फत खानेपानी समस्या समाधान गरिने सरकारले जनाएको छ ।
यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगर नगरपालिका भित्रका नागरिकले पनि खानेपानिको यस्तै समस्या खेप्नु परेको छ ।
नगरपालिकाको वडा नम्बर ९ अलायाचौरका स्थानीय माधप प्रसाद रेग्मीले आफुहरुले नौ महिनादेखि खानेपानीको समस्या भोग्दै आएको दु्खेसो गर्नुभयो ।
सुर्खेतमा सुर्खेत उपत्यका खानेपानी संस्थाले पानी उपलब्ध बनाउँदै आएपनि सुर्खेतका सबै घरपरिवारलाई पुग्ने प्रयाप्त पानी पुगेको छैन । सरकारले भने भेरीको पानी उपत्यकामा ल्याएर समस्या समाधान गर्ने योजना बनाएको छ ।
केही स्थानीय तहहरुले भने खानेपानीको पहुँचमा नागरिकहरुलाई पुर्याउन थालेका छन ।
दैलेखको भगवतीमाई गाउँपालिका पनि केही समय अगाडीसम्म खानेपानीको चरम समस्या थियो । तर अहिले भने एक घर एक धाराको अवधारण ल्याएपछि नागरिकहरुको घरघरमा खानेपानी सहज भएको वडा नम्बर २ रुमका स्थानीय भुपेन्द्र शोनीले बताउनुभयो ।
यो गाउँ मात्र होइन सुर्खेतकै गुर्भाकोट नगरपालिकामा पनि खानेपानीको समस्या छ । केही वडाका नागरिकहरु अहिले पनि बोकेर पानी खान बाध्य छन । नगरपालिका प्रमुख हस्त पुनले भने शहरी खानेपानि अन्र्तगत ४ वटा वडाका घरघरमा खानेपानिका धारा पु¥याउने काम भइरहेको बताउनुभयो ।
उहाँले पहाडी बस्तीहरुमा भने खानेपानि बोकेर खानुपर्ने अवस्था रहेको भन्दै यसको समाधानमा पनि नगरपालिकाले योजना बनाएको बताउनुभयो ।
रुकुम पश्चिको चौरजहारी नगरपालिकाले भने नगरपालिकाभित्रका सबै नागरिकको पहुँचमा खानेपानी पुर्याएको छ ।
नगरपालिका प्रमुख विशाल शर्माले ६ हजार घरदुरी रहेको नगरपालिकामा त्यसमध्ये ४ हजार घरधुरीमा एकघर एक धारा खानेपानि पु¥याएको जानकारी दिनुभयो ।
सरकारी तथ्याङ्कमा ९० प्रतिश नागरिकको पहुँचमा खानेपानी पुगेको बताइन्छ भनिएको छ । तर कर्णालीका केही ठाउँहरुमा खानेपानीको चरम अभाव भएको देखिन्छ ।