कर्णालीमा चरण क्षेत्र घट्दैे, पशुपालन व्यवसाय संकटमा


सुर्खेत,२७ साउन ।
कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुका लागि विभिन्न कार्यक्रम ल्याएपनि पशुपालन व्यवसायिक भने संकटमा परेको छ ।
भेडा, बाख्रा, र स्थानीय गाईलाई चरन क्षेत्र वन अतिक्रमण हुँदै जान थालेपछि पछिल्ला वर्षमा पशुपालन व्यवसाय संकटमा पर्न थालेको हो ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास निर्देशनालयका अनूसार चरन क्षेत्र दिनानुदिन अतिक्रण हुँदै गएको र पछिल्लो समयमा सामुदायिक वन घोषणा हुदा किसानहरु पशुपालनभन्दा अरू नै पेशामा लाग्न थालेका कारण पशु पालन व्यवसाय संकटमा पर्न थालेको हो ।
व्यवसायिक रुपामा पशुपालन गरेका किसानहरुलाई पनि चरण क्षेत्रको अभावका कारण भनेअनुसारको आम्दानी लिन नसकेको पशुपंक्षी विकास निर्देशनालयका निमित्त प्रमुख मोहन गिरीले बताउनुभयो ।
प्रदेश सरकारले व्यावसायिक किसानलाई ब्याजमा अनुदान, आहारा विकास, नस्ल सुधार, खोर सुधारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । कर्णालीमा दुग्धजन्य र मासु जन्य उत्पादन बढ्दै गएको छ तर स्थानीय गाई, भेडा र च्याङग्रा पालन व्यवसाय चरण क्षेत्रको अभावमा घटन सक्ने चिन्ता बढेको उहाँले बताउनुभयो । अहिले गाई, भैसी छाडा छोड्ने प्रवित्ति बढेको भन्दै यसले गर्दा थप अर्को चुनौती भएको समेत उहाले बताउनुभयो ।