शिवनगर टोलमा सहकारी शिक्षा शिविर


सुर्खेत, २१ भदौ ।
हातेमालो जागरण बहुउदेश्यीय सहकारी संस्था ले शिवनगर टोलवासीहरुलाई प्रारम्भिक सहकारी शिक्षा शिवीर सम्पन्न गरेको छ ।
संस्थाले वीरेन्द्रनगर १२ स्थित कार्यालयमा आज सहकारी शिक्षा शिविर सम्पन्न गरेको हो । शिविरमा संस्थाका अध्यक्ष पूर्ण प्रसाद पौडेलले सहकारीका मूल्य मान्यता, सिद्धान्तका र सहकारीले दिने सेवा लगायतका विषयमा जानकारी दिनुभएको छ । हातोमालो जागरण सहकारीले हाल कृषि, व्यापार व्यवसाय, घरजग्गा खरिद, औषधि उपचार, शैक्षिक, चाडपर्व लगायतका क्षेत्रमा कर्जा दिने गरेको अध्यक्ष पौडेलले बताउनुभयो । यस्तै अनिवार्य बचत, ऐच्छिक, बाल बचत, शैक्षिक, चाडपर्व र आवधिक बचतको योजना रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा शिवनगर टोल विकास संस्थाका अध्यक्ष टंक थापा सहकारीका व्यवस्थापक मञ्जु तिवारी लगायतको उपस्थिति रहेको थियो ।