लगातारको बर्षाले धानबालीमा क्षति

सुर्खेत, १ कार्तिक (जागरण) । कर्णालीमा हिजो आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।
लगातारको वर्षाले सुर्खेत, जुम्ला लगायतका जिल्लामा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।
यस्तै वर्षाका कारण खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ ।